मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त | Khabarhub Khabarhub

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ ।

इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ । बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका हुन् ।

उपकुलपति प्रा डा नन्दबहादुर सिंहले कार्यक्रम निर्देशक यादवले आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तले परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक गरेको प्रमाणित भएपछि बर्खास्त गरेको जानकारी दिए । “यो अक्षम्य शैक्षिक अपराध हो, प्राज्ञिक मर्यादामा आँच आउने काम भयो”, विश्वविद्यालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भने, “छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा उहाँहरुलाई निष्काशन गरिएको छ ।” स्कूल अफ ल’ का पन्तलाई तीन महिनाअघि नै निलम्बन गरिए पनि छानबिन समितिको निष्कर्षपछि बर्खास्त गरिएको हो ।

उपप्राध्यापकद्वयलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर पास गराएको आरोप छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले आफूखुशी नम्बर दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । स्ट्रक्चरल इञ्जिनीयरिङ विषयको अन्तिम सत्रको प्रयोगात्मक परीक्षामा उपप्राध्यापक यादवले आफूखुशी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ ।

उपकुलपति सिंहले उहाँहरूलाई विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियमावली २०६९, परिषद् ३३ को नियम १७४ बमोजिम प्रा डा दीपबहादुर रावलको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : १५ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको