दुर्घटनामा परी मृत्यु « Khabarhub

दुर्घटनामा परी मृत्यु


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ६११८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ४८ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६