बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग « Khabarhub

बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ । गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले रु ७० लाखभन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए ।

गोरखाका सबै स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयंसेवकहरूका लागि मास्क, पञ्जा, एप्रोन, जुत्तालगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको रश्मोर अर्का काउन्सिलर नेम थापाले जानकारी दिए ।

काउन्सिलर बेल्वासेको प्रमुख पहलमा गरिएको सहयोग हस्तान्तरणको औपचारिकताका लागि बिहीबार सम्पन्न कार्यक्रममा रश्मोर बरोका प्रमुख ब्रुस थोमसले नगरपालिकाका प्रमुख राजनराज पन्तलाई सहयोग हस्तान्तरण गरेका थिए ।

भर्चुअल कार्यक्रममा नगरपालिका प्रमुख पन्तले काउन्सिलले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिल्लाका सबै तहमा आवश्यकतानुसार उपलब्ध गराइने बताए ।

सो अवसरमा रश्मोर बरोका तर्फबाट काउन्सिलका नेता डेभिड क्लिफोर्ड, काउन्सिलरहरु बेल्वासे र थापा, काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भर, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राई, गोर्खा वेल्फेयर ट्रष्टका ग्यारी घले, पत्रकार वाचस्पति रेग्मी र गोरखा नगरपालिकाका तर्फबाट उपप्रमुख बीना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त लगायतको उपस्थिति थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका प्रमुख थोमसले उपलब्ध सहयोग गोरखावासीको स्वास्थ्य सुरक्षाका लागि सहयोगी बन्ने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ४६ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति