हाईटेन्सन विस्तारमा स्थानीयको विरोध « Khabarhub

हाईटेन्सन विस्तारमा स्थानीयको विरोध


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल विद्युत प्राधिकरणमार्फत हाईटेन्सन लाईन विस्तार गर्न लागिएको भन्दै झापाको कमल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

झापाको कमल–५ देखि गौरादह सम्म काबेली करिडोर मार्फत विद्युत प्रशारण लाईन विस्तार गर्न लागिएको भन्दै उनीहरुले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका हुन् । हाईटेन्सन लाईन विस्तार गर्दा कतिपय स्थानीयको बसोबासनै उठ्न सक्ने भएकाले सो रोक्न आग्रह गर्दै जनप्रतिनिधीहरुको निवाशमानै पुगरे ध्यानाकर्षण गराईएको कमल ५ का दूर्गाप्रसाद चम्लागाईले बताए ।

कमल गाउँपालिकाले भने सो कार्यबारे गाउँपालिकाले मात्रै केहि गर्न नसक्ने जनाएको छ । गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले विद्युत लाईन विस्तरको योजनामा गाउँपालिकाले निर्णायक भुमिका खेल्न नसक्ने बताएका छन् । यस अघि स्थानीयले सो कार्य रोक्न गाउँपालिका समक्ष माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ०७ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको