घुस फिर्ता गर्ने ३६ ट्राफिक पुरस्कृत « Khabarhub

घुस फिर्ता गर्ने ३६ ट्राफिक पुरस्कृत


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी इमानदारीपूर्वक ड्युटी गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई ट्राफिक महाशाखाले पुरस्कृत तथा सम्मान गरिएको छ ।

सम्मानित हुनेहरु मध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको थियो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एव सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले बताए ।

उनले संगठनले अख्तियार गरेको आर्थिक शुद्धीकरणको अभियानलाई थप उच्चमा पुर्‍याउन बफादार एव निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप सशक्त सक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामनासहित निर्देशन समेत दिए ।

गत आर्थिक वर्षमा घुसबापत ९० हजार १५५ रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ३१ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति