कक्षा १२ को परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीको पत्र « Khabarhub

कक्षा १२ को परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीको पत्र


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र  पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।

उनले भने, ‘परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न भन्दै स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त भएको र सोही पत्र शिक्षा मन्त्रालयमा पठाइएको हो ।’

सीसीएमसीले परीक्षा सञ्चालनको मोडालीटिलाई पुनर्विचार गर्न पत्र पठाए पनि त्यसको निर्णय भने शिक्षा मन्त्रालयले गर्ने उनले जानकारी दिए ।

यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए ।

कोरोनाको जोखिम बढेसँगै परीक्षा स्थगित गर्न परीक्षार्थीका अभिभावकहरुले पनि आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ३५ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका