एमालेमा विधान संशोधनका लागि सुझाव लिन शुरु « Khabarhub

एमालेमा विधान संशोधनका लागि सुझाव लिन शुरु


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य शुरु गरेको छ ।

मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गर्नुभएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णयप्रति माफी माग्नुपर्ने लगायतका प्रस्तावबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले टिप्पणी गर्न नचाहेको बताए ।

उनले अनन्तकालसम्म पार्टीका गतिविधिलाई अवरुद्ध गरेर जान नसकिने पनि स्पष्ट पारे ।

बिहीबारदेखि काठमाडौँमा जारी नेता नेपाल पक्षको केन्द्रीय सदस्यको बैठकले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका थिए ।

नेता रघुजी पन्तले गत असार २७ गते विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको आधार र नेताबीचको लगातारको पहलका आधारमा एकता हुनुपर्ने तर शीर्ष नेतामाथिको लाञ्छना युक्त अभिव्यक्ति बन्द हुनुपर्ने बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : १८ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार