प्रदेश सांसद वलीलाई बन्धक बनाइनु लज्जास्पद र आपराधिक आक्रमण : माओवादी केन्द्र « Khabarhub

प्रदेश सांसद वलीलाई बन्धक बनाइनु लज्जास्पद र आपराधिक आक्रमण : माओवादी केन्द्र


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिदै सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले साझा कार्यक्रमका बारेमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले संविधान तथा कानूनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकले लुम्बिनी प्रदेशका सांसद विमला वलीलाई ‘बन्धक’ बनाइएको विषयमा ध्यानाकर्षण भएको भन्दै बैठकले घोर निन्दा गरेको छ ।

उक्त प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले केहि दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । गठबन्धन सहभागी दलहरु पाउने मन्त्रालयको टुङ्गो भएपछि मात्र मन्त्री बन्नेको नाम चयन गरिने उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ४५ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका