प्रदेश सांसद वलीलाई बन्धक बनाइनु लज्जास्पद र आपराधिक आक्रमण : माओवादी केन्द्र « Khabarhub

प्रदेश सांसद वलीलाई बन्धक बनाइनु लज्जास्पद र आपराधिक आक्रमण : माओवादी केन्द्र


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिदै सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले साझा कार्यक्रमका बारेमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले संविधान तथा कानूनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकले लुम्बिनी प्रदेशका सांसद विमला वलीलाई ‘बन्धक’ बनाइएको विषयमा ध्यानाकर्षण भएको भन्दै बैठकले घोर निन्दा गरेको छ ।

उक्त प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले केहि दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । गठबन्धन सहभागी दलहरु पाउने मन्त्रालयको टुङ्गो भएपछि मात्र मन्त्री बन्नेको नाम चयन गरिने उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ४५ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार