नेवार समुदायले मनाए गठेमङ्गल पर्व « Khabarhub

नेवार समुदायले मनाए गठेमङ्गल पर्व


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण (गठेमङ्गल) पर्व शुक्रबार मनाइएको छ । पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।

यस दिन मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउने चलन छ ।

पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर दल–दल भएतिर बाटो देखाइदिँदा राक्षस दलदलमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ ।

यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ ।

घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ ।

भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा राखेर भूतप्रेत पन्छाउने चलन पनि रहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : १६ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै