संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशनको नेतृत्वमा फेरि खनाल « Khabarhub

संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशनको नेतृत्वमा फेरि खनाल


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशन (एसकाज)को दशौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा शंकर खनाल पुन: सर्वसम्मत भएका छन् । उनले यसअघि पनि अध्यक्षको कार्यकाल पूरा गरिसकेका छन् ।

समितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल रहेका छन् ।

१५ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दिपेन्द्र वान्तवाले जानकारी दिए । निवर्तमान अध्यक्ष हेमन्त गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।

साधारणसभाले कोषाध्यक्ष र महासचिवद्वारा प्रस्तुत गत दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदनलाई समेत पारित गरेको छ । २०६८ सालमा स्थापित एसकाज संखुवासभाबाट काठमाडौँ आई पत्रकारिता गरिरहेका पत्रकारहरू आवद्ध संस्था हो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ५१ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका