२०२० को मेमा कोभिड भ्याक्सिन उपलब्ध हुनुभन्दा पहिले नै एरिजोनामा संक्रमण दर बढिरहेको समयमा त्यहाँका गभर्नर डाउग डुयसीले घरमा बसिरहेका मानिसहरूलाई बाहिर निस्कन उत्साहित गरे । ‘म मानिसहरूलाई बाहिर निस्कने लगायतका कुरामा उत्साहित गर्छु,’ एक लोकप्रिय रेडियोका श्रोतलाई उनले भनेका थिए, ‘तपाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्यामा हुनुहुन्न भने बाहिर निस्कन सक्नुहुन्छ ।’
यो अन्तर्वार्ता फेसबुक र ट्वीटर शेयर भयो । धेरैभन्दा धेरै व्यक्तिले यो डरलाग्दो सल्लाह सुनेका थिए । तीनै मध्यका हाम्रा बुबा मार्क उरक्विजाले कोरोना भाइरसबाट संक्रमित भएर जीवन गुमाउनुभयो ।
मास्क र भ्याक्सिन लगायत कोरोना भाइरस सम्बन्धी अन्य गलत र झुटा सूचना सामाजिक सञ्जालहरूमा डढेलोजस्तै गरी संसार भर फैलिरहेको छ । गत महिना रिपब्लिक सांसद मार्जरो टेलर ग्रीन भ्याक्सिनका बारे अफवाह फैलाएको कारणले ट्वीटरबाट एक साताका लागि प्रतिबन्धमा परेकी थिइन् ।
यसैबीच, सिनेटर रान्ड पाउल मास्क प्रभावकारी नभएको दाबीसहित गलत भिडियो पोस्ट गरेको कारण युट्युबबाट एक साता प्रतिबन्धमा परेका थिए । युट्युबको नीति अनुसार यसले ‘औषधिका बारे गलत सूचना दिने सामग्री तथा विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ का बारे दिने सूचनासँग विरोधाभास हुने या स्थानीय स्वास्थ्य अधिकारीले दिने सूचनासँग बाझिने’ सामग्रीलाई बन्देज लगाएको छ ।
सो छोटो समयको प्रतिबन्धले धेरै चर्चा बटुलेसँगै तिनीहरू ठूलो समस्यासँग अस्पष्ट रहेका छन् । बेइमानीपूर्वक र समुदायको स्वास्थ्य बरबाद गर्ने गरी अनावश्यक सूचना फैलनलाई रोक्न धेरै सामाजिक सञ्चारका कम्पनीहरू बिलकुल असफल भएका छन् ।
आभाज संस्थाले यो सल्लाह दिएको छ कि फेसबुकसँग सम्बन्धित पेजहरूबाटै फेसबुक प्रयोगकर्तामा एन्टी भ्याक्सिन सामग्रीलाई बढवा दिई रहेकामा यसका लागि नियमन नै आवश्यक छ । यसैबीच सञ्चार उद्योगको वाचडगको रूपमा रहेको ‘मिडिया म्याटर्स’ ले तयार पारेको रिपोर्ट अनुसार भ्याक्सिन र मास्कका बारे गलत दाबीसहित भाइरल भएको नयाँ भिडियोमा केही दिनको अन्तरालमा ९० मिलियनभन्दा बढी मानिस व्यस्त रहे; क्लिक, लाइक सेयर आदिमा) ।
यस वर्षको शुरूवातमा सेन्टर फर काउन्टेरिङ डिजिटल हेटले १२ प्रमुख एन्टी भ्याक्सिन अभियानकर्ता नै ६ साताको अन्तरालमा फेसबुक र ट्वीटरमा शेयर भएका आधाभन्दा बढी एन्टी भ्याक्सिन सामग्रीमा जिम्मेवार रहेको जनाएको थियो । (फेसबुकले अझै त्यस अध्ययन र उपायलाई पछाडि धकेलेको छ ।)
यो सत्य हो कि सुरक्षित हुन र संक्रमण रोक्न उपयोगी रहेको वैज्ञानिक पुष्टि भए पनि अझै धेरै जनाले भ्याक्सिन लगाएका छैनन्, मास्क लगाउन मान्दैनन् । अमेरिकामा ६ लाखभन्दा बढीको ज्यान गइसक्यो, संक्रमण बढ्दैछ ।
यो सत्य हो कि कोभिढ–१९ बाट सुरक्षित हुन र संक्रमण रोक्न उपयोगी रहेको कुरा वैज्ञानिक पुष्टि भए पनि अझै धेरै जनाले भ्याक्सिन लगाएका छैनन् र मास्क लगाउन पनि मान्दैनन् । अमेरिकामा अहिलेसम्म ६ लाखभन्दा बढीको ज्यान गइसकेको छ, संक्रमण फेरि बढ्दै छ । महामारी अन्त्य गर्न र आउने पुस्ताका लागि स्वास्थ्य असमानतामा कमी गर्न गलत अफवाहको विरुद्धका लडाइँ लड्न जरुरी भएको छ ।
हामीले सामाजिक सञ्चार कम्पनीसँग भ्याक्सिनका बारे गलत सूचना र अफवाह कम गर्न माग गर्नै पर्छ । यस्ता कम्पनीहरूले यी उपाय अवलम्बन गर्न सक्छन् ।
धेरैले हेर्ने खाता निगरानी गर्ने
पचास हजारभन्दा बढी फलोअर भएका व्यक्ति सामाजिक सञ्जालमा ‘हाइ रिच’ को रूपमा चिनिन्छन् । कोभिड–१९ सम्बन्धी उनीहरूले शेयर गरेको इतिहास हेर्दा उनीहरूको पोस्टमा प्रिक्लेरेन्स नीति लिन सकिन्छ, ता कि अनलाइन माध्यममा पोस्ट भएर क्षति हुनु अगाडि नै रोक्न सकियोस् ।
फेसबुक र ट्वीटरको लगातार उल्लंघन गरेमा स्ट्राइक नीति छ, जबकि प्रिक्लेरेन्स नीति एकदमै ढिला भइसक्नु अगावै गलत सूचनामा अङ्कुश लगाउन बढी प्रभावकारी हुन्छ ।
धेरै पारदर्शी भएर
सामाजिक सञ्चार र प्रविधि कम्पनीले कोभिड–१९ को अफवाहमा अपडेट उपलब्ध गराउनुको सञ्जालमा यस्ता गलत सूचना नियन्त्रणमा ल्याउन रिपोर्ट तयार गर्दै आफ्नो स्तरोन्नति गर्नुपर्छ ।
युरोपेली युनियनमा अहिले नै यस्तो प्रबन्ध छ । कोभिड–१९ का बारे गलत सूचना नियन्त्रणमा लिन के भइरहेको छ भन्ने बारे हरेक महिना युरोपियन कमिसनले सामाजिक सञ्चार माध्यमसँग जानकारी लिने गरेका छन् । कमिसनले यो महिनावारी सूचनालाई प्रतिवेदनको रूप दिएर प्रकाशन गर्ने गरेको छ, जुन अनलाइनमा सहजै उपलब्ध हुन्छ । यो सामान्य पारदर्शी मापनले सार्वजनिक स्वास्थ्य सहज हुनेछ र उनीहरू जानकार पनि हुनेछन् ।
एल्गोरिदमलाई प्रश्रय दिने
सामाजिक सञ्चार कम्पनीले आधिकारिकता कोभिड–१९ का स्रोतलाई प्रश्रय दिन र गलत सूचनाका भिजिटर संख्यामा कमी ल्याउन एल्गोरिदमका लागि सिफारिस जरुरी छ । फेसबुक र ट्वीटरले विश्वस्त स्रोतसँग सम्पर्क गर्दै भरपर्दो सूचनासँग मान्छेलाई सम्पर्क गराउँदै गलत ढङ्गले बहकाउने पोस्टलाई हटाउन शुरू गरिसकेको छ । बारम्बार गलत पोस्ट सुरु गर्न पनि उनीहरूले कठिन बनाएका छन् । तथ्यपूर्ण र यथार्थ सूचनामा गरिएको यो काम गलत र षड्यन्त्र मान्नु पर्ने कुनै कारण छैन ।
सरकारलाई बढी सहभागी गराउने
संघीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि अत्यन्तै आवश्यक छ । यो शुरू गर्न वाइडेन–ह्यारिस प्रशासनले राष्ट्रिय रूपमै समन्वयकारी भूमिकाको सिर्जना गर्नुपर्छ र गत वर्ष नै सार्वजनिक चासोका लागि विविध गठबन्धने बल गरेजस्तै कोभिड टास्क फोर्सका लागि ‘डिसइन्फरमेसन’ विज्ञको चयन गर्नुपर्छ ।
कंग्रेसले परिष्कृत नियमावली बनाउनुपर्छ जसले आम नागरिकको महत्वपूर्ण सामाजिक सञ्चार डाटामा पहुँच होस् । ‘सोसल मिडिया डाटा’ नियमावली र ‘एल्गोरिदमिक न्याय र अनलाइन प्लेटफर्म ट्रान्सपपरेन्सी’ नियमावलीले सामाजिक सञ्चारका कम्पनीलाई सामग्री मध्यस्थता र अनलाइन एड टार्गेटिङका बारे सूचना उपलब्ध गराउँदै बढी जवाफदेही बनाउने छ ।
कोभिड–१९ को गलत सूचना पूर्णरूपमा हटाउन कुनै बुलेट उपाय छैन, जुनसुकै प्रमुख अनलाइन होओस् । त्यस कारण सामाजिक सञ्चार कम्पनी र हाम्रो सरकारले यो समस्या समाधान गर्न कुनै पनि कसर बाँकी राख्नु हुँदैन । आधुनिक मानव इतिहासकै घातक भाइरसलाई इन्धनको रूपमा सहयोग गरी रहेका अनलाइन कन्ससपरेसी सिद्धान्त र झुटले निमित्त रूपमा प्रभाव पारेसम्म यो जरुरी छ ।
(एनएम राभेल म्याप लाइटमा डिजिटल डिसिप्सन प्रोजेक्ट निर्देशक हुन र उनले संघीय निर्वाचन आयोगको प्रमुखको रूपमा कार्यभार सम्हालेकी छन् । क्रिस्टियन उरक्विजा मार्केड बाइ कोभिडकी संस्थापक हुन् । सिएनएनमा १ सेप्टेम्बरमा प्रकाशित यो लेख खबर हबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया