सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना शुरु « Khabarhub

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना शुरु


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दशैं तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउनेछन्। साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले बताएको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलका कारहरुबमोजिम फरक-फरक हिसाबका छुटहरु लागू हुने कम्पनीले बताएको छ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्सएल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ। यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै