१४ महिनादेखि तलब नपाएपछि सपरिवार आमरण अनशनमा « Khabarhub

१४ महिनादेखि तलब नपाएपछि सपरिवार आमरण अनशनमा


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको शिवनाथका शिक्षक करण राना १४ महिनासम्मको तलब नपाएपछि परिवारसहित आमरण अनशनमा बसेका छन् । राना परिवार आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेकाे छ ।

शिवनाथ गाउँपालिका ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्ष अघि गाउँबाट विस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । तर, उनले गत १४ महिनासम्मको तलब पाएका छैनन् ।

रानाले जिल्ला शिक्षा समितिबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर, दुई वर्षअघि नै प्रक्रिया पूरा गरे पनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन ।

‘मैले पहिला काम गर्दै आएको विद्यालय रहेको शिवनाथ गाउँपालिकाबाट तलव लिन खोज्दा सरुवाका लागि स्वीकृति दिइसक्यौँ भन्छन् । यता पदस्थापन भएको छैन । मैले अहिले काम गरिरहेको विद्यालयमा मलाई अटाउने दरबन्दीसमेत खाली छ । तर, पदस्थापन गरिदिएको छैन । म अहिले घका न घाटको भएको छुँ । त्यसैले अब मरे पनि अनशनमै मरौँला भनेर सपरिवार अनशन बसेका हौँ’, पीडित रानाले भने ।

करण रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेकाले राना श्रीमती र चार छोराछोरीसहित आइतबारदेखि अनशनमा बसेका हुन् ।

उनको माग सम्बोधनका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए ।

‘उहाँको मागका विषयमा मैले जिल्ला शिक्षा समिति, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकासँग कुरा गरेको छु । पुरानै विद्यालयमा गएर उहाँ काम नगर्ने, यता सुरुवा गर्न पहल गर्दा टुंगो लागेको छैन । हामी प्रयासरत छौँ, केही दिनमा विकल्प निकाल्छौँ’, उनले भने ।

आफ्नो गाउँ शिवनाथ ६ कानलीमै गएर बस्न सक्ने र पुरानै बिद्यालयमा अध्यापन गराउन सक्ने अवस्था नरहेको पीडित राना बताउँछन् । ज्यानमार्ने धम्की आएपछि उनी परिवारसहित विस्थासपित भएका हुन् । न्यूज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म