बालगोपाल नेपाल यू– २३ का प्रशिक्षक « Khabarhub

बालगोपाल नेपाल यू– २३ का प्रशिक्षक


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालगोपाल महर्जन नेपाल यू– २३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू– २३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।

यस्तै, बालगोपालकै प्रशिक्षणमा नेपाल यू– २३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक हासिल गरेको थियो ।

बालगोपालले टोलीलाई एएफसी यू– २३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउनेछन् । मुख्य प्रशिक्षकमा बालगोपाल रहँदा सहायक प्रशिक्षकमा सुजित केसी रहेनछन् । यस्तै, गोलरक्षक प्रशिक्षकमा ललित चन्द रहनेछन् ।

समूह ‘बी’ मा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपालले पहिलो खेल २५ अक्टोबरमा इरानसँग खेल्दा २८ अक्टोबरमा आयोजक ताजकिस्तानसँग खेल्नेछ । यस्तै, ३१ अक्टोबरमा लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : १८ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका