बालगोपाल नेपाल यू– २३ का प्रशिक्षक « Khabarhub

बालगोपाल नेपाल यू– २३ का प्रशिक्षक


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालगोपाल महर्जन नेपाल यू– २३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू– २३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।

यस्तै, बालगोपालकै प्रशिक्षणमा नेपाल यू– २३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक हासिल गरेको थियो ।

बालगोपालले टोलीलाई एएफसी यू– २३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउनेछन् । मुख्य प्रशिक्षकमा बालगोपाल रहँदा सहायक प्रशिक्षकमा सुजित केसी रहेनछन् । यस्तै, गोलरक्षक प्रशिक्षकमा ललित चन्द रहनेछन् ।

समूह ‘बी’ मा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपालले पहिलो खेल २५ अक्टोबरमा इरानसँग खेल्दा २८ अक्टोबरमा आयोजक ताजकिस्तानसँग खेल्नेछ । यस्तै, ३१ अक्टोबरमा लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : १८ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार