फेसन डिजाइनरका कारण नागा र सामन्थाको सम्बन्धविच्छेद « Khabarhub

फेसन डिजाइनरका कारण नागा र सामन्थाको सम्बन्धविच्छेद


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले यो विषयमा मुख खोलेका थिएनन् ।

गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । उनीहरुको सम्बन्धविच्छेदमा दुईवटा प्रमुख कारण मानिएको छ ।

पहिलो कुरा नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए । तर सामन्थाले यो कुरालाई मानेकी थिइनन् ।

सामन्था निकट स्रोतका अनुसार सामन्था पछिल्लो समय उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । जुन कुरा उनको परिवारलाई पनि थाहा थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

सामन्था र नागाको आज बुधबार चौथो वैवाहिक वार्षिकोत्सव हो । उनीहरुले सन् २०१७ को अक्टोबर ६ र ७ मा गोवामा परिवार तथा केही नजिकका साथीभाईमाझ विवाह गरेका थिए ।

सामन्था र नागा अलग्गिने निर्णय लिएपछि सामन्थाका पिता जोसेफले दुवैको निर्णयले आफ्नो दिमाग खाली भएको प्रतिक्रिया दिएका थिए । त्यस्तै नागाका अभिनेता पिता नागार्जुनले पनि छोराबुहारीको निर्णयले आफू ‘दुःखित’ बनेको बताएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : ४५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ