श्वेताम्बरीसँग निर्देशक विक्रमको गुपचुप दोस्रो विवाह « Khabarhub

श्वेताम्बरीसँग निर्देशक विक्रमको गुपचुप दोस्रो विवाह


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका लोकप्रिय निर्माता तथा निर्देशक विक्रम भट्टले दोस्रो विवाह गरेका छन् । उनले गत वर्षको लकडाउनमा श्वेताम्बरी सोनीसँग गुपचुप विवाह गरेका हुन् । विक्रमले बुधबार परेको पत्नी श्वेताम्बरीको जन्मदिनमा उनलाई शुभकामना दिँदै आफूले विवाह गरेको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत विक्रमले श्वेताम्बरीका साथ एक फोटो पनि सार्वजनिक गरेका छन् । जुन पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विक्रमका सल्लाहकार महेश भट्टले आफूलाई अघिल्लो वर्षको लकडाउनका समयमा विक्रमले फोन गरेर विवाह गर्न लागेको जानकारी दिएको खुलासा गरेका छन् । ‘विक्रमले गत वर्षको सेप्टेम्बरमा लकडाउनको समयमा विवाह गरेका थिए । त्यो बेला उसले मलाई फोन गरेर ‘बोस मेरो विवाह हुँदैछ । विवाह समारोहका लागि आमन्त्रित गर्न लकडाउनमा समस्या छ । यो कोभिडको समयमा तपाईंको स्वास्थ्य सम्बन्धी चिन्तालाई ध्यानमा राख्दै तपाईंमाथि कुनै बोझ दिन्नँ र तपाईंलाई आउनु पनि भन्दिनँ । तर हामी यो विवाहलाई लुकाएरै राख्नेछौं’ भनेपछि मैले उसलाई ‘तिमी बिरालो जस्तो रहेछौ । आँखा बन्द गरेर दुध पिइरहेका छौ । यो आक्रामक मिडिया युग हो । आशा गर्छु कि तपाईंको विवाह लामो समयसम्म नलुकोस’ भनेको थिएँ’, महेशले भनेका छन् ।

विक्रमकी दोस्रो श्रीमति श्वेताम्बरी मुम्बईमा ट्रिनिटी आर्ट ग्यालरीसँग जोडिएकी छन् । महेशका अनुसार पछिल्ला केही महिनामा विक्रम श्वेताम्बरीको शान्त र सकारात्मक आध्यात्मिकताबाट प्रभावित थिए ।

विक्रमको पहिलो विवाह अदिति भट्टसँग भएको थियो । दुवैको एक छोरी कृष्णा छिन् । उनीहरुको सन् १९९८ मा सम्बन्धविच्छेद भएको थियो । त्यसपछि विक्रम केही वर्षसम्म सुस्मिता सेन र अमीषा पटेलसँग प्रेम सम्बन्धमा रहे । अमीषा केही समयसम्म विक्रमसँग लिभ–इन रिलेसनपिमा नै थिइन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : ५७ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता