महिला क्रिकेटर जो खेलमा समर्पित हुँदा विदेशमा मनाइरहेका छन् चाड « Khabarhub

महिला क्रिकेटर जो खेलमा समर्पित हुँदा विदेशमा मनाइरहेका छन् चाड


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्को ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ ।

घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ ।

दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली खेलकुद अछुतो रहने कुरै भएन । विभिन्न धर्म मान्दै आएका अझ भनौ हिन्दुधर्मका खेलाडीको लागि दशैँतिहार सधैँ विशेष रहन्छ ।

तर, यस्तै पर्वका समय खेलाडीलाई प्रतियोगिता तालिका पर्दा भने एक प्रकारको तनाब सृजना हुन्छ । चाडपर्व आइरहन्छ राष्ट्रको लागि खेल्नु सौभाग्य भन्दै खेलाडी प्रतियोगितामा होमिन बाध्य हुन्छन् ।

हो, यस्तै भएको छ अहिले महिला टोलीलाई, आईसिसी वुमन्स टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरिसकेको छ । त्यसअघि तिहारकै समय नेपाली टोलीको बंगलादेशमा एक साताको प्रशिक्षण समय तय भएको छ । नेपाली टोली त्यसका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

नेपाली टोली बंगलोदशमै रहँदा खेलाडीले तिहार मनाउने छन् । नेपालले यसै समयमा बंगलादेशको एक स्थानिय एकेडेमीसँग मैत्रिपूर्ण खेल खेल्ने तालिकासमेत तय भएको छ ।

नेपालले बंगलादेशमा ४ देखि १४ नोभेम्बरसम्म तयारी गर्नेछ । त्यसपछि नेपाली टोली सिधै युएई प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

नेपालले हङकङविरुद्ध खेल्दै अर्को महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्रले सहभागीता  जनाउनेछन् ।

‘राउन्ड रोबिन लिग’ प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ‘ग्लोबल क्वालिफायर’मा स्थान बनाउनेछन् । ग्लोबल क्वालिफायर प्रतियोगिताबाट शीर्ष दुईले २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् ।

नेपाल हालसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन । प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपालको खेल तालिका –

२२ नोभेम्बर– हङकङविरुद्ध नेपाल

२३ नोभेम्बर – भुटानविरुद्ध नेपाल

२५ नोभेम्बर  – कुवेतविरुद्ध नेपाल

२६ नोभेम्बर – मलेसियाविरुद्ध नेपाल

२८ नोभेम्बर – युएईविरुद्ध नेपाल

नेपाली टोली –

रुविना क्षेत्री (कप्तान), डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु वर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगिता राई

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १० : २२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले