जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी « Khabarhub

जुम्लाको ‘रैथाने’ उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– बचत तथाऋण लगनीको क्षेत्रमा काम गर्दै आएको जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ ।

वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको यस सहकारीले जुम्लाको ‘रैथाने’ बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको हो ।

जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर, टिमुर, चिनो, कागुनो, घिउ, महलगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनी मार्केट खोलेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।

‘यसवर्ष असोजमा भएको अविरल वर्षले मार्सी उत्पादनमा क्षति भएको छ । मार्सी पछिको पछिको प्रमुख नगदेबालीका रूपमा सिमी हो’, उनले भने, ‘सिजनमै कालो सिमी प्रतिकेजी १८० रुपैया छ । रातो सिमी १६०, मिस्कट सिमी १६० रुपैयामा बिक्री गर्ने गरेको छ । मार्सी धानको चामल प्रतिकेजी १६० रुपैयाँ बिक्री गरिएको छ ।’

यस वर्ष यस हकारी संस्थाले ५० लाखबराबरको मार्सी धान र सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद गरिएको छ । उनले सहकारीले सञ्चालन गरेको अर्गानिक मिनी मार्केट सुपथ पसलबाट दैनिक एक लाख बराबारको अगार्निक बस्तु बिक्रि हुने बताए । सहकारीले जुम्लामा उत्पादन हुने रैथाने बस्तु गाउगाउँमा रहेका आफ्ना सदस्यहरूबाट संकलन गर्ने गरेको छ ।

अर्गानिक उत्पादन गर्ने किसानका लागि सहकारीले ब्याज नलिई २० हजार बरबार अनुदान दिने गरेको छ । किसानले अर्गानिक उत्पादन गरेर २० हजार बराबरको बस्तु दिने गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : २० बजे

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती