र्‍यापर ट्रेविसको कन्सर्टमा भागदौड हुँदा ८ जनाको मृत्यु « Khabarhub

र्‍यापर ट्रेविसको कन्सर्टमा भागदौड हुँदा ८ जनाको मृत्यु


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको ह्यूस्टनमा आयोजित ट्रेविस स्कट के एस्ट्रोवर्ल्डको सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ ।

आपतकालीन अधिकारीहरुले भीड स्टेजतर्फ बढेपछि भागदौड मच्चिएको बताएका छन् । कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । घटनापछि हार्ट अट्याकका कारण विरामी परेका ११ जनाालाई अस्पताल भर्ना गरिएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको हो ।

कार्यक्रममा सहभागी कम्तिमा ३ सय मानिसलाई चोटपटक लागेको जनाइएको छ । स्थनीय नेता तथ ह्यारिस काउंटीकी जज लीना हिडाल्गले यो घटनालाई निकै दुःखद् भनेकी छन् । उनले यस्ता रमाइलो हुने कार्यक्रममा मानिसहरु खुशी हुन आउने भन्दै यसप्रकारको घटनाको अपेक्षा नगरिने बताएकी छन् ।

ह्यूस्टनका अग्नि नियन्त्रक प्रमुख स्यामूएल पेनाले स्थानीय समय अनुसार शुक्रबार अबेर सवा नौ बजेपछि भागदौड सुरु भएको बताएका छन् । उनले भीड स्टेजतर्फ अगाडि बढेपछि भागदौड मच्चिएको बताए । यो घटनापछि शनिबार आयोजना हुने थप कार्यक्रमहरु स्थगित गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क