कांग्रेस लुम्बिनीको सभापतिमा पौडेल समूहका पुन निर्वाचित « Khabarhub

कांग्रेस लुम्बिनीको सभापतिमा पौडेल समूहका पुन निर्वाचित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित भएका छन् ।

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन विजयी भएका हुन्। यससँगै लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ ।

निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार पुनका प्रतिद्वन्दी सभापति शेरबहादुर देउवा समूहका भरतकुमार शाहले पराजित भएका छन् ।

उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन् । सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो ।

निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ३३ बजे

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ – नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका