कांग्रेस लुम्बिनीको सभापतिमा पौडेल समूहका पुन निर्वाचित « Khabarhub

कांग्रेस लुम्बिनीको सभापतिमा पौडेल समूहका पुन निर्वाचित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित भएका छन् ।

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन विजयी भएका हुन्। यससँगै लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ ।

निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार पुनका प्रतिद्वन्दी सभापति शेरबहादुर देउवा समूहका भरतकुमार शाहले पराजित भएका छन् ।

उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन् । सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।

प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो ।

निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ३३ बजे

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा