मोदी र पुटिनबीच दुई वर्षपछि प्रत्यक्ष भेटवार्ता हुँदै « Khabarhub

मोदी र पुटिनबीच दुई वर्षपछि प्रत्यक्ष भेटवार्ता हुँदै


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । २१ औँ वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लिको भ्रमण गर्न लागेका हुन् । रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्षा अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा आफ्नो पहुँच बढाउन चाहन्छ । ‘भारत दशकौं पुरानो साझेदार देश हो । दुई देशका नेताबीच हुन लागेको शिखर भेटले राष्टपति पुटिन भारतसँगको सम्बन्धलाई थप महत्व दिन चाहन्छन्,’ उनी भन्छन् । पुटिनले चीन नीतिभन्दा एसिया नीतिलाई जोड दिएको उनको भनाई छ ।

सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए । पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए ।

सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ४० बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका