प्रदर्शनकारीमाथि चलायो म्यानमारको सेनाले ट्रक, पाँचको मृत्यु, दर्जनौं घाइते « Khabarhub

प्रदर्शनकारीमाथि चलायो म्यानमारको सेनाले ट्रक, पाँचको मृत्यु, दर्जनौं घाइते


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौं घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गोली प्रहार गरेको थियो ।

फेब्रुवरीमा सेनाको कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।

प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ ।

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि आजभोलि प्रदर्शनकारीले साना ह्ययाली र भेला आयोजना गर्न थालेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : १७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना