राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन « Khabarhub

राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क-अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो संवेदनना व्यक्त गरेका छन् । डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति बाइडेनले टिप्पणी गरेका छन् । पूर्व सैन्य अधिकारीसमेत रहेका डोल विश्वयुद्धका समयमा झन्डै मारिएका थिए ।

क्यानसस राज्यबाट प्रतिनिधित्व गर्दै उनी लामो समय सिनेटर बनेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामाले डोललाई युद्ध नायकको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ०० बजे

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र