राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन « Khabarhub

राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क-अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो संवेदनना व्यक्त गरेका छन् । डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति बाइडेनले टिप्पणी गरेका छन् । पूर्व सैन्य अधिकारीसमेत रहेका डोल विश्वयुद्धका समयमा झन्डै मारिएका थिए ।

क्यानसस राज्यबाट प्रतिनिधित्व गर्दै उनी लामो समय सिनेटर बनेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामाले डोललाई युद्ध नायकको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ०० बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली