राप्रपा अध्यक्ष लिङ्देनले बुधबार बोलाए केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले बुधबार बोलाए केन्द्रीय समिति बैठक


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।

सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए । ‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन । मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुनसक्छ । त्यसमा भन्नु केही छैन । तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो । यो दुर्भाग्यपूर्ण छ ।’

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : ४० बजे

वीरगञ्ज महानगरको भवन र सवारिसाधन जलेर नष्ट

वीरगञ्ज– जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चल्न सुरु

काठमाडौँ – देशको अवस्था सामान्य बन्दै गएपछि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार