कस्तो रहला तीन दिनको मौसम ? « Khabarhub

कस्तो रहला तीन दिनको मौसम ?


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ ।

बुधबार दिउँसोबाट मौसम खुल्दै जाँदा तापक्रम बढेको छ । घाम लागेपछि प्रदुषित वायुले लागेको तुवालो काठमाडौँ उपत्यकाबाट बाहिरिएको छ ।

अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा  पहाडी भू-भागमा आंशिक  बदलीको अवस्था रहेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २३ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २४ गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २५ गते (शनिबार)

दिउँसो : : प्रदेश १, प्रदेश नं २,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश नं २,  बागमती र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : ४९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९