कर्मचारी अभामा वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस « Khabarhub

कर्मचारी अभामा वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

भौगोलिक विकटताका कारण वन्यजन्तु मात्र नभई जडीबुटीसमेत चोरी निकासी हुने गरेको डिभिजन वन कार्यालय बाजुराका डिभिजलन प्रमुख कामु कालीराम चौधरीले बताए । उनका अनुसार डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण वन्यजन्तु चोरी शिकारी र जडीबुटीको अवैध निकासीलाई नियन्त्रण गर्न सकस भएको छ ।

दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, स्वामीकार्तिक गाउँपालिकाको जुकोट, साप्पाटा, जगन्नाथ गाउँपालिकाको गोत्री, जगन्नाथ र बूढीनन्दा नगरपालिकाको पाण्डुसैन कोल्टीको माथिल्लो क्षेत्रमा आवतजावत गर्न सकस भएकाले उक्त क्षेत्रबाट हुने चोरी शिकारी तथा जडीबुटी निकासी गर्नेको निगरानी गर्न सम्भव नभएको डिभिजनल प्रमुख चौधरीले बताए ।

मौसम बदली भएसँगै जिल्लाका लेकाली भेगका उक्त क्षेत्रमा हिमापत भएकाले वन्यजन्तु चिसोबाट बच्न बेँसी आउने भएकाले विभिन्न प्रजातिका जनावरको शिकारी बढ्न थालेको प्रमुख चौधरीको भनाइ छ । पुस र माघ महिनाको अवधिमा जङ्गली जनावर मृग, हरिण, चित्तल, बँदेल, कालीज, डाँफेलगायतका वन्यजन्तुको चोरी शिकारी हुने भएकाले सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा नियन्त्रणको प्रयास गर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिए।

उनका अनुसार वन कार्यालयका कर्मचारीको सक्रियतामा छ सुरक्षाकर्मी परिचालन गरी वन्यजन्तु चोरी शिकारीलाई रोक्ने प्रयास गरिने छ । जिल्लाका सामुदायिक वनका उपभोक्ता समितिलाई सचेत बनाई अवैधरूपमा हुने जडीबुटी निकासी तथा पैठारी र वन्यजन्तुको चोरी शिकारीलाई न्यूनीकरण गर्न जोड दिएको उनले बताए ।

जिल्ला सदरमुकाम मार्तडीमा समेत जङ्गली जनावरको शिकार गरी बिक्री वितरण भइरहेको जनगुनासो आउन थालेकाले त्यसको निगरानी बढाउन वन कार्यालयले तयारी थालेको प्रमुख चौधरी बताउँछन् । वन्यजन्तुको शिकारभन्दा उनीहरुलाई संरक्षण गर्न सबैको ध्यान जान जरुरी रहेको छ । जिल्लामा पछिल्लो समयमा सामुदायिक वनमा स्थानीयवासीले आगो लगाउने गरेकाले सो कार्य रोक्न चौधरीले स्थानीयवासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ९ : १७ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ