कैलालीका थारु गाउँमा माघीको तयारी सुरू « Khabarhub

कैलालीका थारु गाउँमा माघीको तयारी सुरू


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त छन् । उनी माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थालेकी छन् ।

“तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेकी छु । दुनाटपरी लगाउनुछ”, उनले भनिन्, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”

टीकापुर–१ वनगाउँका सन्देश थारु पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन् ।

“माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको सुरूआत हो । यस समयमा हामी खानपान, रमाइलोमात्र होइन वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं”, सन्देशले भने, “यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौँ । यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।”

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी सुरू गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको बनगाँउका बडघर पहारुलाल चौधरीले बताए ।

“माघीका लागि आवश्यक मासुको जोहो सुरू भइसकेको छ । गाउँमा मिलेर जिता ढाल्ने चलन छ”, बडघर चौधरीले भने, “यसरी काटिएको मासु सबैलाई बराबर भाग लगाइन्छ । यसले एकताको सन्देश दिन्छ ।”

माघी नजिएकाले गाउँघरमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका पूर्वबडघर जीतबहादुर चौधरीले बताए ।

“यतिखेर गाउँका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी सुरू भएको छ”, उनले भने, “माघी पर्वले थारु गाउँमा रौनक ल्याउँछ । नयाँ जोश र उमङ्गका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो ।”

माघीमा मघौटा नाच नाच्नु थारुको पुर्खयौली र विशेष परम्परा हो । माघमा विशेषरूपमा तीन दिनसम्म मघौटा नाच नाचेर गाउँघरलाई रोमाञ्चित बनाउने भएकाले युवायवुती उक्त नाच नाच्ने समूह साथीसङ्गीलगायत मादल बनाउने, गीत गाउने, नाच्ने व्यक्ति छनोट गरिरहेका बनगाँउकी सुस्मिता चौधरीले बताउँछिन ।

“सबै साथीहरु मिलेर, कुनकुन गीत गाउने, कहाँकहाँ नाच्ने, कति जनाको समूह बनाउने भनेर छलफल गरेर नाचको तयारी गरिरहेका छौँ”, सुस्मिताले भनिन, “नाचेर कमाएको रकम केमा खर्च गर्ने भन्नेबारेमा पनि छलफल भएको छ । यसरी कमाएको रकम सामाजिक काममा खर्च गर्ने सहमति भएको छ ।”

थारु समुदायले यही पुस अन्तिम दिन जिता मार्ने, माघ १ गते लाहन (नदीमा गएर नुहाउने) र २ गते खोज्नीबोज्नी (छिनोफानो तथा निर्णय गर्ने) गरी तीन दिन माघ पर्व धुमधामसँग मनाउने गर्दछन् । माघीको समयमा थारु समुदायमा घर छुट्टिने चलन पनि छ । माघीमा घर छुट्टिएमा गाउँका अगुवा तथा बडघर मिलेर छिनोफानो तथा बाँडफाँड गरिदिने चलन छ ।

“हरेक पर्व जाति विशेषको आधारमा सबैका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । उनीहरुको परम्परा, संस्कार, धर्म, जात, भौगोलिकताको आधारमा मनाइने भएकाले सबैले आ–आफ्नो पर्वलाई महत्व दिई मनाइन्छ”, टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामाल डगौरा थारु भन्छन्, “थारु समुदायको माघी पर्व पनि एक हो । माघी पर्व मनाउनका लागि थारु गाँउमा अहिलेदेखि तयारी सुरू भएको हो । यो पर्वले एकता र भाइचाराको सम्बन्ध स्थापित गर्छ ।”

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १२ : ३३ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको