तीन किशोरीको उद्धार « Khabarhub

तीन किशोरीको उद्धार


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ ।

पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।

उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटाको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मङ्सिरमा मात्र चोर बाटाको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १ : १५ बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को