तीन किशोरीको उद्धार « Khabarhub

तीन किशोरीको उद्धार


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ ।

पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।

उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटाको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मङ्सिरमा मात्र चोर बाटाको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १ : १५ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र