अमेरिकाको राष्ट्रपतिमा जो बाइडनको जित प्रमाणित « Khabarhub

अमेरिकाको राष्ट्रपतिमा जो बाइडनको जित प्रमाणित


२३ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ।

संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई आगामी जेनेवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।

संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोलर मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन्।

संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएका थिए।

इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोलर मत प्राप्त गरेको घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोलर मत आवश्यक हुन्छ।

इलेक्टोलर मतबारे नेभाडा, मिशिगन, विन्किन्सन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो।

यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्र्याटिक दलमा उम्मेदवार विजयी भएका छन्।

यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ। राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड प्रुडुलाई हराएका हुन्।

सन् २००९ यता पहिलो पटक डेमोक्र्याटिक दलको नियन्त्रणमा संसद्‌को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ।

जोर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ। दुवै विजयमा मतान्तर झीनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जोर्जियामा डेमोक्र्याटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो।

वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौँ अश्वेत सदस्य हुन्।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ३ : २३ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने