प्रहरीलाई घाइते बनाउने थुनामा « Khabarhub

प्रहरीलाई घाइते बनाउने थुनामा


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– कार्यक्षेत्रमा खटिरहेका अवस्थामा प्रहरीलाई घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक आज पुर्पक्षका लागि थुनामा परेका छन् ।

सवारी अङ्गभङ्ग मुद्दामा सिरहाको लहान नगरपालिका–१८ का ३४ वर्षीय डम्बरनारायण चौधरीलाई सप्तरी जिल्ला अदालतको आदेशमा राजविराज कारागारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

स७प २५८० नंको मोटरसाइकल चलाएका चौधरीले गत मङ्सिर २१ गते सवारी साधन जाँच गरिरहेका प्रहरी सहायक निरीक्षक हिमबहादुर खतिवडालाई ठक्कर दिएर घाइते बनाएका थिए ।

सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम रागमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा कार्यरत खतिवडाले सवारी साधन जाँच गरिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदै चौधरी फरार भएका थिए ।

फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । घाइतेको स्वास्थ्योपचार भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ३ : ५२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास