माघ १ देखि अर्को बैंकमा एटीएम प्रयोग गर्दा शुल्क लाग्ने « Khabarhub

माघ १ देखि अर्को बैंकमा एटीएम प्रयोग गर्दा शुल्क लाग्ने


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।

मुलुकमा कोरोना महामारी फैलिएपछि लकडाउनको समयमा पैसा नलाग्ने व्यवस्था गरिएकोमा अब पुनः पैला लाग्ने भएको हो ।

अब भने हरेक महिना दुई पटकलाई पैसा नलाग्ने र सोभन्दा बढी प्रयोग गरेको खण्डमा प्रतिकारोबार २० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले बै‌क तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था गर्न पनि भनेको छ।

विद्युतीय कारोबारको प्रयोगकर्ताहरुलाई सुरक्षा प्रत्याभूति दिन पनि राष्ट्र बैंकले भनेको छ। पासवर्ड, युजर आईडी बिर्सिएको खण्डमा त्यसमा सहजीकरण गर्न समेत भनेको हो।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ६ : २० बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,