नर्दन वारिवर्सले जित्यो टी-१० लिगको उपाधि « Khabarhub

नर्दन वारिवर्सले जित्यो टी-१० लिगको उपाधि


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा भएको टी-१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा दिल्ली बुल्सलाई ८ विकेटले हराउँदै वारिवर्सले उपाधि चुमेको हो ।

आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

वारिवर्सको जितमा वासिम मुहमदले २७ रन जोडे । कप्तान निकोलस पुरनले १२ रन बनाए । रोभम्यान पावेल १६ रनमा अविजित रहदा सिमोन्स १४ रनमा अविजित रहे ।

बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो ।

बुल्सका मोहमद नाभीले २१ रन बनाए । रहमानउल्लाह गुर्बाजले १३ तथा इभिन लेविसले १० रन बनाए । वारिवर्सका महेशले ३ विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै