इजाजतबिना सवारी चलाउनेलाई ट्राफिकको कारवाही « Khabarhub

इजाजतबिना सवारी चलाउनेलाई ट्राफिकको कारवाही


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– इजाजतबिना सवारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो ।

परीक्षणको क्रममा ३५ का अनुमति पत्र नभएका र २० सवारी साधनले नवीकरण नगरेका भेटिइएको थियो । जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर घिसिङले सबैलाई पहिलो पटक कारवाहीस्वरूप जरिवान गरी छोडिएको जानकारी दिए ।

उनीहरुलाई ट्राफिक नियम, हुनसक्ने जोखिम, भोग्नु पर्ने सजाय समेतका बारेमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । विशेष परीक्षण अन्तर्गत समग्रमा ५० सवारीसाधन कारवाहीमा परेका र जरिवानबापत दुई लाख ५० हजार राजश्व दाखिला भएको बताइएको छ ।

ट्राफिक व्यवस्थापन अन्तर्गत नियम उलङ्घन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको उनले बताए । जरिवाना गरिएका सवारीसाधन मध्ये छ देखि नौ वर्षसम्म नवीकरण नभएका तीन सवारीसाधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ ।

दिन प्रतिदिन पासाङल्हामु राजमार्गमा गुढ्ने सवारीसाधनमध्ये सबै भन्दा धेरै मोटरसाइकलको सङ्ख्या बढी रहेको छ । युवाले चलाएका ती सवारीसाधन तीव्ररूपमा गुड्ने पाइएकाले गुडाउने रफ्तारको बारेमासमेत सचेत गराउँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सडकको अलावा गाउँटोलदेखि विद्यालयसम्म विविध प्रकारका सन्देशमूलक सचेतना कार्यक्रमसमेत अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा ट्राफिक नियमको कार्यान्वयन एवं महिला हिंसा नियन्त्रणलगायतका विषयमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो ।

विद्यालयस्तरमा गई विद्यार्थी माझ लागूऔषधका साथै साइवर अपराध नियन्त्रण एवं बालबालिकाको संरक्षण समेतका विषयमा सन्देशमूलक ज्ञान प्रदान गरिएको प्रहरी जनाएको छ ।

धुञ्चे, स्याफ्रबेँसीँ, टिमुरेको साथै आमाछोदिङ्मो तथा नौकुण्ड गाउँपालिकाको केही विद्यालयमा सचेतना गराउने कार्य सम्पन्न भएको छ ।

ट्राफिक प्रहरीद्वारा सवारी साधनसम्बन्धी र नेपाल प्रहरीले कूलतबाट जोगाउन सानु उमेरबाटै विद्यालयस्तरदेखिनै दिएको ज्ञानले समुन्नत समाज निर्माणमा योगदान पुग्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनेमा सम्पूर्ण अभिभावक आशावादी रहेको समाजसेवी भवनाथ पौडेलले जानकारी दिए ।

समाजमा हुने अपराध न्यूनीकरण गर्न प्रहरी अहोरात्र खटिरहेकोले जिल्लाभित्र कुनै प्रकारका अपराध भएमा वा हुने सम्भावनाको सङ्केत देखिएमा कार्यालयलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  २ : ३५ बजे

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी