युभेन्ट्सको पुनरागमन जित | Khabarhub Khabarhub

युभेन्ट्सको पुनरागमन जित


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै युभेन्ट्सले सहज जित निकालेको हो ।

खेलको १४औँ मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

तर, ३९औँ मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे । उनले खेलको ५७औँ र ६०औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-१ जित दिलाए ।

जितसँगै युभेन्ट्स २५ खेलमा ५२ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ । लाजियो ४३ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २० बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत