युभेन्ट्सको पुनरागमन जित « Khabarhub

युभेन्ट्सको पुनरागमन जित


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै युभेन्ट्सले सहज जित निकालेको हो ।

खेलको १४औँ मिनेटमा जोआकिन कोर्रेयाले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

तर, ३९औँ मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे । उनले खेलको ५७औँ र ६०औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३-१ जित दिलाए ।

जितसँगै युभेन्ट्स २५ खेलमा ५२ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ । लाजियो ४३ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २० बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा