नेकपाको आधिकारिकता विवाद निरूपण गर्न छलफलमा जुट्दै निर्वाचन आयोगका पदाधिकारी « Khabarhub

नेकपाको आधिकारिकता विवाद निरूपण गर्न छलफलमा जुट्दै निर्वाचन आयोगका पदाधिकारी


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवादबारे निर्वाचन आयोगका पदाधिकारीहरू आज छलफलमा जुट्दैछन् ।

पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–माधव समूहको पटकपटक दबाबपछि आयोगले छिटो विवाद निरूपणको गृह कार्य थालेको हो ।

आज आयुक्तहरुको बैठकमा नेकपाको प्रचण्ड-माधव समूहले आधिकारिकता दाबी गर्दै पेस गरेको कागजातको अध्ययन गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयुक्तहरू छलफलमा जुटे पनि आजै विवादको निरूपण भने नहुने उनले बताए ।  विवाद समाधानका लागि अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको प्रचण्ड–माधव समूहले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । नेकपाको विवाद नसुल्झिदा संसदमा नयाँ सरकार गठनमा समेत अप्ठ्यारो पर्ने जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : ०५ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको