टी२० क्रिकेट : अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो « Khabarhub

टी२० क्रिकेट : अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको हो ।

पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो । तर तीनै जना स्पिनरले राम्रो बलिङ प्रदर्शन गरेका थिए । स्पिनर इस सोढीले २४ रन दिएर ३ र मार्क च्यापम्यानले ९ रन दिएर १ विकेट लिएका थिए भने मिचेल सान्टनरले चार ओभरमा २१ रन मात्र दिएका थिए ।

अस्ट्रेलियाले लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रेका मार्टिन गप्टिलले ७१ रन बनाएका थिए । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । कन्वेले पनि ३६ रन बनाए ।

न्यूजील्यान्डका कप्तान केन विलियम्सन पहिलो बलमै आउट भएपछि न्यूजीन्यान्ड केही दबाबमा देखिए पनि ग्लेन फिलिप्सले पाँच चौका र दुई छक्का प्रहार गरेर टिमलाई सहज विजयतर्फ डोर्याएका थिए ।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले ४४, आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २४ रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ०४ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको