टी२० क्रिकेट : अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो « Khabarhub

टी२० क्रिकेट : अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको हो ।

पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो । तर तीनै जना स्पिनरले राम्रो बलिङ प्रदर्शन गरेका थिए । स्पिनर इस सोढीले २४ रन दिएर ३ र मार्क च्यापम्यानले ९ रन दिएर १ विकेट लिएका थिए भने मिचेल सान्टनरले चार ओभरमा २१ रन मात्र दिएका थिए ।

अस्ट्रेलियाले लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रेका मार्टिन गप्टिलले ७१ रन बनाएका थिए । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । कन्वेले पनि ३६ रन बनाए ।

न्यूजील्यान्डका कप्तान केन विलियम्सन पहिलो बलमै आउट भएपछि न्यूजीन्यान्ड केही दबाबमा देखिए पनि ग्लेन फिलिप्सले पाँच चौका र दुई छक्का प्रहार गरेर टिमलाई सहज विजयतर्फ डोर्याएका थिए ।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले ४४, आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २४ रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु