सर्वोच्चको फैसला स्वीकार्य : नेता नेम्वाङ « Khabarhub

सर्वोच्चको फैसला स्वीकार्य : नेता नेम्वाङ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको फैसलालाई स्वीकार गर्ने र कानूनसम्मत रुपमा अघि बढ्ने टिप्पणी गरेका छन् ।

अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने आदेश गरेपछि नेकपा एमाले र माओवादी केन्द्र जीवीत बनेको छ । उपनेता नेम्वाङले समेत अदालतको फैसलापछि जेठ ३ गतेअघिको अवस्थामा फर्किएको बताए ।

उनले भने,‘अदालतको फैसलाले एकीरणपूर्वको अवस्थामा पुगेको घोषणा गर्‍यो । त्यो यथास्थितिबाट कानूनबमोजिम अगाडि बढ्छौँ ।’

उनले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनिसकेको अवस्थामा संविधान र कानूनअनुसार अघि बढ्ने बताए ।

उनले भने,‘अदालतको आदेशको सम्मान गर्दै हामी संविधान र कानूनबमोजिम अघि बढ्छौं ।’

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेपछि पूर्वमाओवादीका नेता देव गुरुङले भने नामका बारेमा मात्रै सर्वोच्चले फैसला गरेको भन्दै अदालतको फैसला आउने समय बेठिक रहेको बताए ।
उनले भने,‘न्याय इनटाईममा दिनुपर्थ्यो । बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो । यसले पार्ने साईड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । ३ वर्षमा धेरै काम भएको छ ।’

नेता गुरुङले पूर्व एमाले र माओवादी केन्द्रका रुपमा अघि बढ्ने सम्भावना कमजोर रहेको बताए पनि सर्वोच्चको फैसलापछि भने एकीकरणको अवस्थामै पुगेको बताए ।

सर्वोच्चले नेकपाको आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ३० बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको