निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने | Khabarhub Khabarhub

निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्चनपुर– सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन् ।

समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालिका पन्तको बलात्कारपछि हत्याको पत्ता नलाग्नु स्थानीयवासीले नै अनुसन्धानमा सहयोग नगरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकिएको बताए ।

बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र आफन्तको सहयोगले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताए ।

पछिल्लो समयमा अपराधिक क्रियाकलाप बढ्दै गएकाले न्यूनीकरणका लागि स्थानीयस्तरका समुदाय र पीडित पक्षको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख सुवेदीको भनाइ छ ।

बलात्कार, हत्या र अन्य हिंसा घटना १६ वर्षदेखि २५ वर्षका बालबालिका नै संलग्न हुने गरेको महानिरीक्षक सुवेदीले स्पष्ट पारे ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी र समुदायका व्यक्तिलाई अपराधका बारेमा जनचेतना दिनका लागि समन्वय र सहकार्य गर्दै जानुपर्नेमा प्रदेश प्रहरी प्रमुख सुवेदीले जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सरोकारवाला निकायसँगको अन्तर्क्रियामा सुवेदीले बलात्कार, हत्या, लैङ्गिक हिंसा र आत्महत्याका घटना सामाजिक सञ्जालको दुरुपयोका कारणले हुने गरेको जिकिर गरे ।

बलात्कार, हत्यालगायत अपराध आफन्त र समुदायका चिनजानका व्यक्तिबाट हुने गरेको महानिरीक्षक सुवेदीले बताए ।

उनले ८० प्रतिशतभन्दा बढी आफन्तले आफन्तलाई हत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको बताउँदै महिला हिंसाका घटना बलात्कार ६४ प्रतिशत भन्दा बढी १८ वर्ष मुनिका बालबालिका पीडित भएको जनाए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : १५ बजे

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय