निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने « Khabarhub

निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याइने


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कन्चनपुर– सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन् ।

समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालिका पन्तको बलात्कारपछि हत्याको पत्ता नलाग्नु स्थानीयवासीले नै अनुसन्धानमा सहयोग नगरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकिएको बताए ।

बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र आफन्तको सहयोगले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताए ।

पछिल्लो समयमा अपराधिक क्रियाकलाप बढ्दै गएकाले न्यूनीकरणका लागि स्थानीयस्तरका समुदाय र पीडित पक्षको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख सुवेदीको भनाइ छ ।

बलात्कार, हत्या र अन्य हिंसा घटना १६ वर्षदेखि २५ वर्षका बालबालिका नै संलग्न हुने गरेको महानिरीक्षक सुवेदीले स्पष्ट पारे ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी र समुदायका व्यक्तिलाई अपराधका बारेमा जनचेतना दिनका लागि समन्वय र सहकार्य गर्दै जानुपर्नेमा प्रदेश प्रहरी प्रमुख सुवेदीले जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सरोकारवाला निकायसँगको अन्तर्क्रियामा सुवेदीले बलात्कार, हत्या, लैङ्गिक हिंसा र आत्महत्याका घटना सामाजिक सञ्जालको दुरुपयोका कारणले हुने गरेको जिकिर गरे ।

बलात्कार, हत्यालगायत अपराध आफन्त र समुदायका चिनजानका व्यक्तिबाट हुने गरेको महानिरीक्षक सुवेदीले बताए ।

उनले ८० प्रतिशतभन्दा बढी आफन्तले आफन्तलाई हत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको बताउँदै महिला हिंसाका घटना बलात्कार ६४ प्रतिशत भन्दा बढी १८ वर्ष मुनिका बालबालिका पीडित भएको जनाए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : १५ बजे

ऐतिहासिक हाडा छेँ पुनर्निमाण

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा

काफल बेच्दा नगर प्रहरीको दुर्व्यवहार भोगेकी धमिलासँग मेयरले मागिन् माफी

सुर्खेत- यहाँस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी एकजना महिलासँग

आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग स्कटल्याण्ड पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई

नर्वेकी एक पत्रकारले मोदीलाई प्रश्न सोध्दा भारतमा खैलाबैला !

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हत्तपत्त देशभित्रका पत्रकारसँग दोहोरो सवाल-जवाफ