सूर्य चिन्ह कसको भन्ने भ्रम रहेन, एमालेको बैठक बोलाउँछु : प्रधानमन्त्री « Khabarhub

सूर्य चिन्ह कसको भन्ने भ्रम रहेन, एमालेको बैठक बोलाउँछु : प्रधानमन्त्री


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अब सूर्य चिह्न कसको भन्ने भ्रम नरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला स्वीकार गर्ने बताउँदै अब सूर्य चिन्ह चिन्ह कस्को भन्न भ्रम नरहेको स्पष्ट पारेका हुन् ।

उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराएका थिए ।

बैठकमा ओलीले सर्वोच्चको फैसलापछि राजनीति २०७५ जेठ ३ अघि फर्किएको बताएका थिए ।

ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले विश्वासको मत लिने र सरकारलाई अघि बढाउने पनि बताएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टि पनि जनाएका थिए ।
उनले सभामुखले प्रचलित परम्पराअनुसार संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको बताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : २९ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल