दाहाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक « Khabarhub

दाहाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।

यसैबीच दाहाल-नेपाल पक्षले सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा सोमबार आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : ०५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन