कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने | Khabarhub Khabarhub

कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने



दोहा– कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने भएको छ । नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारले कोरोना खोप लगाउन हेल्थ कार्ड आवश्यक नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि खोप लगाउन हेल्थ कार्ड चाहिँदैन । हेल्थ कार्ड नभए पनि एहतराज एप्समा हरियो हुनुपर्ने र म्याद भएको कतारी आइडी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

यद्यपि सरकारी अस्पतालबाट अन्य सेवा सुविधा पाउनको लागि हेल्थ कार्ड बनाउन मन्त्रालयले अनुरोध गरेको छ । यसघि हेल्थ कार्ड नभएका आप्रबासी श्रमिकहरुले खोप लगाउन नपाउने व्यवस्था गरेको थियो ।

कतारमा कोरोना मृत्युदर बढदै

कतारमा कोरोना संक्रमण बढेसंगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टा अर्थात मंगलवार एकै दिन ६ जनाको मृत्यु भएको छ । मंगलवार थप ३४, ४९, ५२, ५८, ७६ र ७९ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । त्यस्तै २४ घण्टामा ९२७ नयाँ सङ्क्रमित थपिएको छ भने ५१२ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार २६१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ९५३ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ९९६ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४२७ जनाको आईसीयूमा उपचार भैरहेको छ । अहिलेसम्म कतारमा ९ लाख ६१ हजार ५५५ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : २० बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार