कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने « Khabarhub

कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने



दोहा– कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने भएको छ । नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारले कोरोना खोप लगाउन हेल्थ कार्ड आवश्यक नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि खोप लगाउन हेल्थ कार्ड चाहिँदैन । हेल्थ कार्ड नभए पनि एहतराज एप्समा हरियो हुनुपर्ने र म्याद भएको कतारी आइडी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

यद्यपि सरकारी अस्पतालबाट अन्य सेवा सुविधा पाउनको लागि हेल्थ कार्ड बनाउन मन्त्रालयले अनुरोध गरेको छ । यसघि हेल्थ कार्ड नभएका आप्रबासी श्रमिकहरुले खोप लगाउन नपाउने व्यवस्था गरेको थियो ।

कतारमा कोरोना मृत्युदर बढदै

कतारमा कोरोना संक्रमण बढेसंगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टा अर्थात मंगलवार एकै दिन ६ जनाको मृत्यु भएको छ । मंगलवार थप ३४, ४९, ५२, ५८, ७६ र ७९ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । त्यस्तै २४ घण्टामा ९२७ नयाँ सङ्क्रमित थपिएको छ भने ५१२ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार २६१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ९५३ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ९९६ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४२७ जनाको आईसीयूमा उपचार भैरहेको छ । अहिलेसम्म कतारमा ९ लाख ६१ हजार ५५५ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ९ : २० बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा