विराट गोल्डकपको तयारी पूरा, भोलिको उद्घाटनमा सिक्किम र विराटनगर भिड्ने « Khabarhub

विराट गोल्डकपको तयारी पूरा, भोलिको उद्घाटनमा सिक्किम र विराटनगर भिड्ने


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन्।

प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनलगायतका सबै तयारी सकिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने पक्का भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए। जसमा नेपाली सात र विदेशी तीन टिम छन्।

नेपालका विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)का साथै विराटनगर–११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब सहभागी हुनेछन्। त्यस्तै विदेशी टिमबाट भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन सहभागी रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। विराटनगरले घरेलु मैदानमा विदेशी टिमको सामना गर्न लागेको यो पहिलोपटक हो।

विराटनगरलाई आफ्नै मैदानमा विदेशी टिमलाई पराजित गरेर प्रतियोगितामा सुखत सुरुआत गर्नुपर्ने दबाब हुनेछ। सिक्किम पनि घरेलु टिमलाई पराजित गरेर प्रतियोगिताको आगामी यात्रा तय गर्दै उच्च मनोबल बनाउन चाहनेछ।

विराट गोल्डकप ट्रष्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा रात्रिकालिन खेल हुन लागेको हो।

ट्रष्टका अध्यक्ष सन्तोष बानियाका अनुसार यस वर्ष पुरस्कार राशि बढाएर १५ लाख १५ हजार रुपैयाँ पुर्‍याइएको छ। उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ। यसअघिको संस्करणमा विजेताले १२ लाख प्राप्त गरेको थियो। यस वर्ष पुरस्कार राशिमा ३ लाख वृद्धि गरिएको हो।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी बानियाले दिए। त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : १३ बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई