अर्बपति बनिन् किम « Khabarhub

अर्बपति बनिन् किम


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम कार्दासियन आधिकारिक रुपमा अर्बपति बनेकी छन् । फोर्ब्सले मंगलबार विश्वका अर्बपतिको सूची जारी गर्दा किमको नाम पनि सामेल भएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजन शो र एन्डोर्समेन्ट डिलका अलावा किमका दुई ठूला व्यापारले उनलाई अर्बपति बन्ने यात्रामा सहयोग गरेको थियो ।

गत वर्ष उनको कुल सम्पत्ति ७ सय ८० मिलियन डलर थियो । जसमा यो वर्ष बढेर अर्ब पुग्यो ।

पत्रिकाका अनुसार किमले आफ्ना दुई व्यापार केकेडब्लु ब्युटी र स्किम्ससमेत किपिङ अप विद कार्दासियन, रियल स्टेट र विभिन्न एन्डोर्समेन्ट सम्झौताका कारण उनको सम्पत्ति यति धेरै पुगेको हो ।

किमले सन् २०१७ मा आफ्नो कस्मेटिक व्यापार केकेडब्लु ब्युटी सार्वजनिक गरेकी थिइन् । यो सार्वजनिक भएको दुई घण्टामै तीन लाख कन्टोर किट्स बिकेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : ३० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार