ज्याकी च्यान यसरी बने ‘कुंग फू मास्टर’ « Khabarhub

ज्याकी च्यान यसरी बने ‘कुंग फू मास्टर’


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ–जब हामी एक्सन फिल्मको कुरा गर्छौ, त्यो समयमा अभिनेता ज्याकी च्यानको नाम अवश्य लिन्छौं । हङकङका यी मार्सल आर्ट खेलाडीले आफ्नो करियरको सुरुवात ५ वर्षको उमेरमै गरेका थिए ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनको उमेर बढेसँगै फिल्मको संख्या पनि उल्लेख्य बढ्यो । उनलाई पर्दामा ब्रुस लीको रिप्लेसमेन्टसमेत भनियो ।

ज्याकीलाई ‘हङकङ एभेन्यू अफ स्टार्स’ र ‘हलिउड वक अफ फेम’ जस्तो उपाधि पनि दिइएको छ । उनी बुधबार आफ्नो ६६ औं जन्मदिन मनाउदैछन् ।

ज्याकीले फिल्म ‘हू एम आई’मा सहायक निर्देशक र सहायक लेखकका रुपमा काम गरेका थिए । च्यानले यो फिल्ममा एक सिक्रेट सोल्जको भूमिका निभाएका थिए । जो तीन वैज्ञानिकको भण्डाफोर गर्ने अभियानमा हुन्छन ।

फिल्ममा उनले आफ्नो स्मरण शक्ति गुमाउछन् । एक्सन र कमेडीको मिश्रण रहेको यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।

ज्याकीले फिल्म ‘पुलिस स्टोरी’मा एक प्रहरीको भूमिका निभाएका छन् । जो गलत तरिकाबाट फसाइएपछि जेलबाट फरार हुन्छन् । यो फिल्ममा कमिक टाइमिङ र स्टन्ट एक्सन यति सानदार छ कि फिल्म हेरेपछि जोकोही यसको तारिफ गर्छन् । यो फिल्मको पाँच सिक्वेल बनाइएको छ ।

एक्सन कमेडी फिल्म फिल्म ‘रंबल इन ब्रोंक्स’मा च्यानले हङकङको एक प्रहरीको भूमिकामा अभिनय गरेका थिए । जो आफ्नो हजुरबुवाको सुपरमार्केट बेच्नलाई सहयोग गर्न न्यूयोर्क आउछन् ।

यसपछि कथामा कैयौं ट्वीस्ट आउछन् र ज्याकी आफैं अपराधीसँग अपराधमा लिप्त हुन्छन् ।

फिल्म ‘ड्रंकन मास्टर २’मा च्यान एक प्रख्यात मार्सल कलाकारको रुपमा अभिनय गरेका छन् । यो फिल्म ‘ड्रंकन मास्टर’को सिक्वेल थियो । आफ्नो कमेडी टाइमिङसँगै ज्याकीले यो फिल्ममा कैयौं एक्सन दृश्य पनि दिएका छन् ।

कमेडी र एक्सनले भरिपूर्ण फिल्म ‘रश आवर’मा ज्याकी एकपटक पुनः प्रहरीको भूमिका निभाएका थिए । फिल्ममा उनीबाहेक क्रिस टकर पनि प्रमुख भूमिकामा थिए । फिल्मको एक्सन र दुबै स्टारको जुगलबन्दीले लाखौं दर्शकको मन जितेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ०७ बजे

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

काठमाडौं– नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको