आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ वैशाख २४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरीतको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मानसिक चिन्ता बढ्नेछ । शरीर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अग्रजको आशिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कमजोर हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कला, साहित्य तथा सँगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचे अनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ४५ बजे

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा