साउदी अरबको जेद्दामा २२ जना नेपाली उद्धारको पर्खाइमा « Khabarhub

साउदी अरबको जेद्दामा २२ जना नेपाली उद्धारको पर्खाइमा



दोहा— भिसाको म्याद सकिएर साउदी अरबको जेद्दामा २२ नेपालीहरु स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् ।

दुई महिनामा दूतावासमा १४ पटक पुगेर समस्या अवगत गराउँदा पनि सुनवाइ नभएको अलपत्रमध्येका एक नेपालीले बताए ।

‘पटक पटक दूतावास पुगेर हाम्रो उद्धारका लागि भन्यौँ तर दूतावासले ७ दिनमा हुन्छ, १५ दिनमा हुन्छ, १ महिनामा हुन्छ भन्दै अहिलेसम्म टार्ने मात्र गरेको छ’, उनले खबरहबसँग भने, ‘यति लामो समय भइसक्दा पनि हाम्रो उद्धारको लागि कुनै पहल भएको छैन ।’

उनका अनुसार कम्पनीले सात महीनाको आधामात्र तलब दियो । अहिले तलब नदिएको दुई महिना भयो । अलपत्र परेका मध्ये तीन जना बिरामी रहेको र अवस्था खराब बन्दै गएको ती नेपालीले बताए ।

दूतावास र एनआरएनए साउदी अरबले संयुक्त रूपमा दालचामल दिएको तर उद्धारका लागि कुनै पहल नगरेको उनीहरुको आरोप छ । खाने पानी नभएको कारण शौचालयमा प्रयोग हुने पानी खान बाध्य भएको उनीहरु बताउँछन् ।

विगत एक वर्षदेखि भिसाविहीन भएकाले बाहिर हिँडडुल गर्न र किनमेलमा जान नपाएको उनीहरुले बताएका छन् ।

जेद्दास्थित ‘अलसाद बिजनेस एयरपोर्ट सेर्बिसेजस’ कम्पनीमा २०१८ को जनावरीमा पुगेका उनीहरु अलपत्र परेका हुन् । उनीहरु काठमाडौँमा रहेको ‘स्काई वे मेनेजमेन्ट म्यानपावर’ मार्फत दुई वर्षको करारमा आएका थिए । करार अवधि सकिएपछि करार अवधि नथपेको तथा घर पठाउने पहल पनि नगरेको उनीहरुको भनाइ छ ।

दूतावास, कम्पनी र नेपालबाट पठाउने म्यानपावरले बेवास्ता गरेका कारण आफूहरुको अवस्था जटिल बन्दै गएको पीडितहरुले बताएका छन् । उनीहरु बाइसै जना एउटै कोठामा बस्ने गरेका छन् ।

उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, नेपाली दूतावास रियाद लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन सञ्चार माध्यमलाई अनुरोध गरेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/483697488694219/videos/171137778133836

एक्जिट भिसाको प्रक्रिया शुरू

एनआरएनए, साउदी अरबका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार रिजालका अनुसार उनीहरुलाई स्वदेश फर्काउन एक्जिट भिसाको प्रक्रिया शुरू भएको रिजालले बताए । उनीहरुका लागि मङ्गलबार खाद्य सामग्री पनि उपलब्ध गराइएको छ ।

उनका अनुसार अलपत्र परेका नेपाली श्रमिकहरुप्रति दूतावास र एनआरएनए अति संवेदनशील छन् । विभिन्न चरणमा कम्पनी प्रसाशनसँग समन्वय गरेर समस्या समाधान गर्न दूतावासले पनि प्रयास गरेको रिजालले बताए ।

लेवरकोट जेद्दाबाट ७ सय किलोमिटर टाढा जिजानमा रहेकाले दूतावासले त्यहाँ रहेका एनआरएनए प्रतिनिधिमार्फत एक्जिट भिसाका लागि आवश्यक कागजात लेवरकोटमा पठाइसकेको रिजालले बताए ।

अहिले मुस्लिमहरुको रमदान पर्व चलिरहेकाले केही ढिलो हुनसक्ने रिजालको भनाइ छ । बताए । विदेशी भूमिमा नेपाली श्रमिक अलपत्र पर्दा आफूहरु पनि दुःखी रहेको भन्दै एक्जिट भिसा पाउना साथ प्रक्रिया पूरा गरेर स्वदेश फकाइने उनले बताए ।

अलपत्र परेका नेपालीको सूची
बिक्रम पन्थी
नारायण कार्की
चन्द्रबहादुर राउत
चेतबहादुर भुजेल
प्रविन महतो
भिमसेन तामाङ
श्यामबहादुर सुतार कार्की
जीवन कार्की
विष्णु रोका
खेमराज पाण्डे
शंकरबहादुर रोका
पारसकुमार साउद
राजेन्द्र बास्तोला
राजन बुढाथोकी
रामशरण कार्की
रुपेश सुब्बा
शेरबहादुर केसी
निरबहादुर बुढाथोकी
दुर्गाहरि बस्नेत
विष्णुबहादुर बुढाथोकी
अर्जुनबहादुर कार्की
नरबहादुर सापकोटा

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : २० बजे

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक